बैतडीको सुर्नया घर भएका एकजना युवकको भारतमा मृत्यु

बैतडी : बैतडीको सुर्नया गाउँपालिका वडा नं ७ पत्थरकोट घर भएका एकजना युवकको मृत्यु भएको छ । भारतको बेंगलोरमा रोजगारी गर्दै आएका लक्ष्मण लुहारको मृत्यु भएको स्थानीय हिक्मत कुँवरले जानकारी दिए ।

३ बर्ष पहिलादेखि बेंगलोरमा रोजगारी गर्दै आएका लुहारको शनिबार बिहान साढे ११ बजेतिर मृत्यु भएको बताइएको छ । मुटु सम्बन्धी समस्या भएका लुहारको हृदयघातका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । मृतक लुहारको घरमा श्रीमती र एक छोरा रहेका छन् ।

Dengue

छोराको मृत्युको खबरले बुढेसकालका आमाबुवा विक्षिप्त अवस्थामा रहेका कुँवरले बताए । पैसा कमाउनका लागि भारत गएका छोराको उतै निधन भएपछि घरपरिवारको विचल्ली भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार