नेपालको महिला टोलीले जित्यो भलिबलको उपाधि

काठमाडौं : नेपालको महिला बिच भलिबल टोलीले भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

भुटानको थिम्पुमा भइरहेको प्रतियोगिताको फाइनल मा नेपालका कमला पुन र मनीषा चाैधरीको जोडीले उज्वेकिस्तान ए टिमलाई २-० को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो ।

Dengue

नेपालले उज्वेकपस्तान ए लाई २१-१७, २१-१४ ले पराजित गरेको हो । नेपालले खेलेको सबै ५ खेलमा अपराजित रहँदै उपाधि जितेको हो ।

समूह चरणमा तीनवटै खेल जितेको कमला पुन र मनिषा चौधरीको नेपाली जोडीले शनिबारै भएको सेमिफाइनलमा उज्वेकिस्तान बी टिमलाई २१-१३, २१-१२ ले पराजित गर्दै फाइनल पुगेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार