डडेल्धुराका पूर्व सहायक मन्त्री गणेशप्रसाद भट्टको निधन

धनगढी :  डडेल्धुराको अजयमेरू गाउँपालिका वडा नम्बर २ मटेल घर भएका पूर्व सहायक मन्त्री गणेशप्रसाद भट्टको निधन भएको छ।

८३ वर्षीय भट्टको काठमाडौंको बुढानिलकण्ठमा रहेको आफ्नै निवासमा शुक्रवार निधन भएको हो। भट्टको आज शनिवार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवार स्रोतले बताएको छ। बुवा धनिराम भट्ट र आमा राधादेवी भट्टको कोखबाट  १९९८ सालमा जन्मेका भट्टले बिएसी सम्मको अध्ययन गरी पञ्चायतको राजनीतिमा लागेका थिए।

२०३८ देखि २०४२ सम्म जिल्ला पञ्चायत डडेल्धुराको सभापति भएका भट्ट  डडेल्धुराबाट २०४३ मा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए। राष्ट्रिय पञ्चायत सदस्य हुँदा सुकुम्बासी समस्या समाधान आयोगका अध्यक्ष भएर झापालगायत पूर्वी तराईमा बसोबासको काम सफलता पूर्वक सम्पन्न गरेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार