बैतडी समाज कैलालीले धनगढीमा रक्त उपलब्धता सहज गर्नुपर्नेमा जोड

धनगढी : धनगढीमा रक्त उपलब्धता सहज गर्नुपर्नेमा जोड दिइएको छ । बैतडी समाज कैलालीले धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयमा रक्तदान सचेतना कार्यक्रममा रक्त उपलब्धता सहज गर्नुपर्नेमा जोड दिएको हो ।

रक्त सञ्चार केन्द्रका प्रमुख धरणी पन्त, समाजका अध्यक्ष माया प्रकाश भट्ट र रक्तदान कार्यक्रम संयोजक वीर बहादुर महरासहितको टिमले विद्यालयमा रक्तदान सचेतना कार्यक्रम सम्पन्न गरेका हुन् ।
रक्तदानको आवश्यकता  र रक्तदान को महत्त्व बारे अध्यक्ष माया प्रकाश भट्ट र रक्त सञ्चार प्रमुख धरणी पन्तले प्रकाश पारेका हुन् ।

Dengue

धनगढीमा पहिलो पटक रक्तदान गर्ने स्वयंसेवी रक्तदातालाई विभिन्न संघ, संस्था, अस्पतालहरू लगायतले समाजको सहकार्यमा विविध सेवा सुविधामा विशेष छुटको समेत व्यवस्थापन गरिएको छ । कार्यक्रममा प्राध्यापक लक्ष्मण भट्ट, विद्यार्थीहरू, अभिभावकको उपस्थिति रहेको थियो । 

समाजले धनगढीमा १३ औँ बृहत् रक्तदान महोत्सवको आयोजना समेत गर्ने भएको छ । विगतका वर्षहरू झैँ बैतडी समाज कैलालीले “रक्तदान जीवनदान“ भन्ने मूल मर्मलाई लिएर रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

रक्तदान महोत्सव यही साउन २६ गते हुने भएको हो । समाजले रक्त सञ्चार केन्द्र धनगढीको सहकार्यमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार