बंगलादेशमा विद्यार्थी आन्दोलनका क्रममा धेरै बालबालिकाको मृत्यु

एजेन्सी : संयुक्त राष्ट्रसंघीय सङ्गठन युनिसेफले बंगलादेशमा आरक्षणको विरोधमा भएको विद्यार्थी आन्दोलनका क्रममा धेरै बालबालिकाको मृत्यु भएको जनाएको छ ।

बालबालिकाका लागि काम गर्ने राष्ट्रसंघीय संस्था युनिसेफले बंगलादेशमा विद्यार्थी प्रदर्शनका क्रममा कम्तीमा ३२ बालबालिकाको मृत्यु भएको जनाएको हो ।

Dengue

युनिसेफका प्रवक्ताका अनुसार मारिएका बालबालिकामध्ये एक पाँच वर्षका पनि थिएनन् । मारिएका अधिकांश मानिस प्रदर्शन हेरिरहेका थिए ।

बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका २०० व्यक्तिमध्ये यी बालबालिका पनि पर्छन्।

संयुक्त राष्ट्र संघका प्रवक्ताले मृत्यु हुनेमा अधिकांश १३ वर्ष वा सोभन्दा माथिका थिए । एउटा बच्चा पाँच वर्ष मुनिको र एक बच्चा ६ देखि १२ वर्षका बीचका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार