धनगढी : धनगढीका थप एक जनामा हैजा पुष्टि भएको छ । धनगढी उपमहानगरपालिका – १ का थप एक जनामा हैजा पुष्टि भएको हो । यो सँगै कैलालीमा हैजाका बिरामीको संख्या ८ पुगेको छ ।
कैलालीका सहित देशभर २३ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ । दिशाजन्य पदार्थ पानी वा खाने वस्तुमा मिसिन गई हैजा सङ्क्रमण फैलने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्