बैतडी : बैतडीमा घाँस काट्ने क्रममा सल्लाको रुख ढल्दा एक महिला घाइते भएकी छन् ।
बिहीबार खरबारीमा घाँस काटिरहेको अवस्थामा सल्लाको रुख ढल्दा सुर्नया गाउँपालिका–६ की ४२ वर्षीया मानमति बडू घाइते भएकी हुन् ।
उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्