गेटामा मृत भेटिएकी महिलाको पहिचान खुल्यो, अटो चालकसहित दुई जना पक्राउ

धनगढी : कैलालीको गेटा मेडिकल कलेज नजिकै सडकमा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ । बुधबार मोहना पुल–अत्तरिया ६ लेन सडकखण्डमा मृत भेटिएकी महिला धनगढी उपमहानगरपालिका–११ बरबट्टाकी ३५ वर्षीया कुमारी चौधरी भएको खुलेको प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले मृतकको झोलामा भेटिएको पासपोर्ट साइजको फोटोका आधारमा उनको पहिचान भएको बताए । ‘झोलामा भेटिएको पासपोर्ट साइजको फोटोमा फोटो स्टुडियोको छाप रहेछ । त्यसैका आधारमा उनको पहिचान गर्न सकिएको हो,’ एसपी विष्टले भने, ‘अनुसन्धान गर्दै जाँदा माइती जान हिँडेकी रहिछन् । अटो चालकले गेटाबाट भित्री बाटोमा लैजान खोज्दा आत्तिएर हाम फालेकी रहेछिन् ।’

Dengue

ती महिला धनगढीको राजपुरको फ्लोर मिलबाट माइती घर कञ्चनपुर जान सुदूरपश्चिम प्रदेश ०१–००१ ह ४८५७ नम्बरको अटो रिक्सामा चढेकी थिइन् । मापसे गरेका रिक्सा चालक गोदावरी नगरपालिका–५ बस्ने ३६ वर्षीय जितबहादुर दमाईले तीव्र गतिको अटो आँखा अस्पतालतर्फको भित्री सडकमा लगेपछि आत्तिएर चौधरीले हाम फालेकी थिइन् ।

उनलाई सडकमा अलपत्र अवस्थामा फेला पारेपछि प्रहरीले अस्पताल पु¥याएकोमा डाक्टरहरुले मृत घोषणा गरेका थिए । प्रहरीले अनुसन्धानको क्रममा अटो चालक जितबहादुर र अटोमा सवार उनका साला २३ वर्षीय कालु दमाईलाई पक्राउ गरेको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

ती महिलाले अटोबाट हाम फालेपछि फसिने डरले भागेको बयान उनीहरूले दिएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार