बैतडी : बैतडीमा कार (अल्टो) दुर्घटना हुदा २ जना घाइते भएका छन् । सतबाँज–गोकुलेश्वर सडकखण्डको दोगडाकेदार ३ श्रीकोटमा आइतबार बिहान करिब २ः१५ बजे अल्टो दुर्घटना भएको हो ।
दुर्घटनामा परि कारमा सवार दार्चुलाको शैल्यसिखर नगरपालिका घर भएका अन्दाजि २८ बर्षिय शेर बहादुर बोहरा र चालक बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोलाका नरेन्द्र भट्ट घाइते भएका प्रहरीले जानकारी दिएको छ ।
घाइते मध्ये दार्चुलाको शैल्यसिखर घर भएका बोहराको टाउकोमा चोट लागेको हुँदा अवस्था गम्भीर रहेको खोच्लेक प्रहरी बैतडीले जनाएको छ ।
घाइते दुबैको अवस्था गम्भीर रहेकोले रातिनै जिल्ला अस्पताल बैतडीबाट रेफर गरि डडेल्धुरा पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार राति सवा दुई बजेको समयमा कार अनियन्त्रीत भई दुर्घटना भएको हो ।
धनगढीबाट दार्चुलातर्फ जादै गरेको सु.प.प्र ०१००१ च ३८२१ नम्बरको उक्त कार अनियन्त्रीत भइ बैतडीको दोगडाकेदार ३ श्रीकोट नजिकै राति करिब सवा दुई बजे तिर दुर्घटनामा परेको प्रहरी प्रवक्ता प्रहरी केसीले बताए ।
दुर्घटनाग्रस्त कार सडकदेखी करीब ३ सय मिटर तल खसेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्