डडेलधुराको परशुराममा रहेको सहकारीको रकम चोरी गर्ने परेनन् पक्राउ

डडेलधुरा : जोगबुढाको परशुराम नगरपालिका–४, कटालमा रहेको शीर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडको कार्यालयबाट ११ लाख १३ हजार रुपियाँ चोरी भएको चार महिना बितिसक्दा पनि प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन । गत वर्ष चैत २६ गते शुक्रबार बेलुकी बन्द गरिएको सहकारी संस्थाबाट रकम चोरी भएको कुरा भोलिपल्ट बिहान मात्रै थाहा भएको थियो । कर्मचारीले बिहान कार्यालय खोलेपछि चोरी भएको थाहा पाएका थिए । 

कार्यालयपछाडिको ढोका खुलेको र नगद राखेको लकर फुटाई उक्त रकम चोरी भएको सहकारीले जनाएको छ । कर्मचारीले सहकारीको रकम चोरी भएको आशङ्का गरेपछि इलाका प्रहरी कार्यालय लालढुङ्गामा जानकारी गराएका थिए । सर्वसाधारण बचतकर्ताको रकम चोरी भएको चार महिना बितिसक्दा पनि प्रहरीले चोरीमा संलग्न व्यक्ति तथा रकमको अत्तोपत्तो लगाउन सकेको छैन । २०६६ सालमा स्थापना भएको सहकारीले वर्षमा करिब १२ करोडसम्मको कारोबार गर्दै आइरहेको सहकारी संस्थाका अध्यक्ष वीरेन्द्र विष्टले बताए ।

Dengue

प्रहरीले सहकारी चोरी घटनाको अनुसन्धान फितलो गरेको उनको गुनासो छ । राजनीतिक हस्तक्षेप र प्रहरीको मिलेमतोमा अनुसन्धान फितलो भएको आरोप उहाँले लगाउनुभयो । सिसिटिभी फुटेजमा देखिएको दृश्यमा रातिको समयमा दुई जना कार्यालयभित्र पसेको देखिएको छ । उक्त फुटेजमा हुलिया ठम्याउन सकिँदैन । शङ्कास्पद व्यक्तिको मौखिक रूपमा नाम किटान गरे पनि अनुसन्धान नगरिएको उनको गुनासो छ । फोन कल भएको विस्तृत विवरण अनुसार अनुसन्धान गर्न आग्रह गर्दा प्रहरीले उल्टै सिकाउने भनेर हप्काउने गरेको उनले बताए ।

अध्यक्ष विष्टका अनुसार लकर तोडेर नगद चोरी भएको थियो । लकरको साँचो लगाउने ठाउँमा ड्रिल गरेर वा ढुङ्गा काट्ने फलामको छिनो प्रयोग गरेर लकर तोडेको देखिन्छ । उक्त सहकारीमा चोरी हुँदा ऋणको ९१ प्रतिशत मात्रै असुली भएको अध्यक्ष विष्टको भनाइ छ । कारोबार रकममा कमी नआए पनि चोरीका कारण असुल हुन नसकेको उनले बताए । यसले बोनस बाँड्न सकस देखिएको उनले बताए । 

नगद मात्रै चोरी भएकाले अनुसन्धानमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कार्कीले बताए । वस्तु चोरी भएको भए फेला परेपछि अनुसन्धानमा सहज हुन्थ्यो । उनले भने, “नगद मात्रै चोरी भएकाले अनुसन्धानमा कठिनाइ भएको छ ।” प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८०र८१ मा १२० वटा मुद्दा दर्ता भएका छन् । गत आवमा ७१ मुद्दा फस्र्योट र ४० मुद्दा फस्र्योट हुन बाँकी छन् । लागुऔषध, जबरजस्ती करणी, बहुविवाह, जुवा र सवारी दुर्घटनाका घटनामा वृद्धि भएका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार