धनगढी : डडेल्धुरामा पहिरो जाँदा केआईसिंह राजमार्ग अवरुद्ध भएको छ । बुधबार जिल्लाको गन्यापधुरा गाउँपालिका-३ पुलाउ खोला, खडाखोला र कोरालखोलामा पहिरो जाँदा डडेल्धुरा–डोटी जोड्ने केआईसिंह राजमार्ग अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार आलिताल गाउँपालिका-८ सुनखोलामा पहिरो जाँदा बुडर-जोगबुढा भित्रि सडकखण्ड पनि अवरुद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस्