पूर्वमन्त्रीका स्वकीय सचिव चौधरीले पावर टिलर दिने भन्दै किसान बाट ठगे २६ लाख ४० हजार

धनगढीः सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री घनश्याम चौधरीका स्वकीय सचिव शंकर चौधरीले अनुदानमा पावर टिलर दिने भन्दै किसानबाट २६ लाख ४० हजार संकलन गरेको पाइएको छ।

कैलालीको कैलारी गाउँपालिकाको विवादित पावर टिलर प्रकरणमा पूर्वमन्त्रीका स्वकीय सचिव चौधरीले ५० प्रतिशत अनुदानमा पावर टिलर दिने भन्दै किसानबाट रकम संकलन गरेका हुन्। उनले हसुलियामा आयोजित सार्वजनिक कार्यक्रममा पनि सो कुरा स्वीकार गरेका छन्। कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले स्वकीय सचिव चौधरीले किसानबाट लिएको २६ लाख ४० हजार रुपैयाँ एक हप्ताभित्र फिर्ता गर्ने सम्झौता गाउँपालिकासँग गरेको बताए।

SHIKHAR COOL TECH

उनले २२ जना किसानबाट एक लाख २० हजारका दरले रकम संकलन गरेको स्वीकार गरेको अध्यक्ष चौधरीले बताए। उनले भने, ‘अहिले पनि रकम उठाउने गरिएको रहेछ। उहाँलाई मैले कार्यालयमा बोलाए। २२ जनाबाट उठाउनुभएको रहेछ। एक हप्ताभित्र फिर्ता गर्न कागज बनाएको छु।

एक हप्तामा फिर्ता नगरे कानुनी प्रक्रिया जाने भनेको छु।’ एक हप्ताभित्र किसानको पैसा फिर्ता नगरे स्वकीय सचिव चौधरी विरुद्ध कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाइने गाउँपालिका अध्यक्ष चौधरीले बताए। स्वकीय सचिव चौधरी नागरिक उन्मुक्ति पार्टी कैलारी गाउँपालिका संयोजक समेत हुन्।
शिक्षकसँग ९५ लाख फिर्ता गर्ने कागज
कैलारी गाउँपलिकाको सामुदायिक विद्यालयमा अध्यापन गराउदै आएका शिक्षक विनोद चौधरीसँग समेत एक हप्तामा रकम फिर्ता गर्ने कागज बनाएको छ। गाउँपालिकाका अध्यक्ष चौधरीले सुरो नेपाल नामक संस्थाबाट किसान ठगिएको फेला परेको बताए। उनले ९५ किसानबाट एक लाखका दरले रकम उठाइएको छ।

९५ लाख रुपैयाँ एक हप्ताभित्र फिर्ता गर्ने भनेर कागज तयार पारिएको छ। गाउँपालिकाका अध्यक्ष चौधरीले भने, ‘एक हप्ताभित्र घरबाट होस वा कतैबाट होस, फिर्ता गर्न भनेको छु। फिर्ता भएन, भने उहाँहरुलाई पक्राउ गर्न लगाउँछु भनेको छु।’
बाल सशक्तिकरणका अध्यक्ष योगी फरार
कैलारी गाउँपालिका क्षेत्रका किसानलाई अनुदानमा पावर टिलर र पानी मोटर वितरण गर्ने भन्दै रकम सङ्कलन गरेको बाल शसक्तिकण नेपालका अध्यक्ष योगेश योगी भने फरार भएका छन्।  गाउँपालिका अध्यक्ष चौधरीले बाल सशक्तिकरण नेपालका अध्यक्ष योगी सम्पर्कमा नरहेको बताए। उनले भने, ‘योगेश सम्पर्कविहिन छ। फोन लाग्दैन। चीन गएको भन्ने सुनेको छु।’

बाल सशक्तिकरणले एक सय किसानबाट एक लाखका दरले रकम सङ्कलन गरेको छ। केही रकम भने फिर्ता गरिएको छ। अध्यक्ष चौधरीले भने, ‘सुरो नेपालका अध्यक्षसँग पनि कागज बनाएको छ। पीडितको निवेदन आयो भने, कानुनी प्रक्रियामा जाने भनेको छु। कालिमाई सहकारीले भने सबै किसानको रकम फिर्ता गरेको छ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार