अझै कालोपत्रे हुन सकेन भातकाँडा-बडाल-रेल सडक

डडेल्धुरा । भातकाँडा-बडाल-रेल सडकको साढे चार किलोमिटर सडक खण्ड कालोपत्रे गर्न आर्थिक वर्ष २०७८-२०७९ मा ठेक्का सम्झौता भएपनि सडक कालोपत्रे हुन सकेको छैन । नेपाली काँग्रेसका सभापती एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको गाउँ गन्यापधुरा गाउँपालिका १, रुवाखोला भएर भातकाँडा-बडाल-रेल सडकको काम ठेकेदारको चरम लापरबाहीले यो सडक खण्ड कालोपत्रे हुन सकेको छैन । यस भन्दा अगाडीको सडक खण्ड भने कालोपत्रे भइसकेको छ ।

२०५२ सालमै ट्र्याक खोलिएको उक्त सडक कालोपत्रे हुन नसकेको भन्दै बारम्बार प्रश्न उठ्ने गरेको छ । डडेल्धुरा–अत्तरिया जोड्ने महाकाली राजमार्गको भातकाँडा बजारदेखि साढे चार किलोमिटर सडक खण्ड कालोपत्रे गर्न अनक जोशी मालिका निर्माण कम्पनीसंग साढे नौ करोड रकम बराबरको ठेक्का सम्झौता भएको थियो । 

Dengue

२६ महिनाभित्र काम सम्पन्न गर्ने गरि सम्झौता भएपनि हालसम्म सडक कालोपत्रे हुन सकेको छैन । सडक डिभिजन कार्यालय डोटीका इञ्जिनियर गौरव धामीका अनुसार उक्त सडक खण्ड कालोपत्रेका लागि २०७८ माघ महिनामा ठेक्का सम्झौता भएको थियो । २०८० चैत मसान्तमा कालोपत्रेको काम सम्पन्न गर्ने गरि ठेका सम्झौता भएपनि यो समय भित्र काम सुरु नै नगरिएको उहाँले बताउनुभयो । 

गत वर्ष मात्रै कटिंग र पर्खाल लगाउने काम ठेकेदारले गरेर म्याद थप गरेको छ । २०८२ असार मसान्तभित्र काम सम्पन्न गर्ने गरि म्याद थप भएको उहाँले जानकारी दिनुभयो । निर्माण कम्पनी अनक जोशी मालिका महेन्द्रनगरका संचालक रधुुवीर साउदले गत वर्ष सडक कटिंग र पर्खाल लगाउने काम गरे पछि म्याद थप गरिएको उहाँले जानकारी दिनुभयो । म्याद थप गरेपछि भने ठेकेदार बेपत्ता भएको उहाँले बताउनु भयो । गएको वैशाख महिनामा म्याद थप गरे पछि ठेकेदार काम ठप्प पारेर वेपत्ता भएको स्थानीयको गुनासो छ । 

उक्त साढे चार किलोमिटर सडक खण्ड भन्दा अगाडी कालोपत्रेका लागि २०७९ असोज महिनामा एस.के.तेडी कालिका जेभीसंग ठेक्का सम्झौता भएको थियो । उक्त सडक खण्ड भने कालोपत्रे भईसकेको छ । साढे ६ किलोमिटर सडक कालोपत्रेका लागि सात करोड ३४ लाख रकम बराबरको ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसारको सडक खण्ड कालोपत्रे भईसकेको उहाँले बताउनुभयो । 

यस्तै, उक्त सडक खण्ड भन्दा पनि अगाडी साढे तीन किलोमिटर सडक खण्ड कालोपत्रेका लागि एस.के. भवानी कम्पनी संग साढे पाँच करोड रकम बराबरको ठेक्का सम्झौता भएको थियो । २०८० असोज महिनामा भएको ठेक्का सम्झौतामा २०८१ असार मसान्त भित्र काम सम्पन्न गर्नु पर्ने थियो । सम्झौता अनुसार कालोपत्रेको काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

यस सडक खण्डको करिब नौ किलोमिटर सडक कालोपत्रे भएपनि सुरुको भातकाँडा बजार भन्दा अगाडीको साढे चार किलोमिटर सडक खण्ड कालोपत्रे हुन नसक्दा स्थानीयलाई सास्ती छ । रुवाखोलाबाट तरकारी, दुग्ध जन्य परिकार, खसी, बोका बजारसम्म पुगाउन सास्ती हुने गरेको स्थानीय केशव महताले बताउनुभयो । सडक कालोपत्रे नहुदा रुवाखोलाका सयौ स्थानीय बजारसंगै औषधी उपचारका लागि जिल्ला सदरमुकाम डडेल्धुरा आउजाउ गर्न निकै कठिनाई हुने गरेको उहाँको गुनासो छ ।  गोरखापत्रबाट

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार