कैलालीबाट लागू औषध सहित ४ जना पक्राउ

धनगढी : कैलालीबाट प्रहरीले लागू औषध सहित ४ जनालाई पक्राउ गरेको छ । सोमबार टीकापुर र धनगढीबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।

टीकापुर नगरपालिका – ९ खग्रौलाबाट स्थानीय २२ वर्षीय दिपेश आउजीलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुर उनको साथबाट २ ग्राम लागू औषध (खैरोहेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रहरीको भनाइ छ ।

Dengue

यस्तै मंगलबार धनगढी उपमहानगरपालिका – ६ चैतन्य पाठशाला नजिकबाट लागू औषध सहित ३ जना पक्राउ परेका छन । सुपप्र०१००९ प ४८० नम्बरको स्कुटीमा सवार चालक धनगढीका १८ वर्षीय किशोर स्कुटीमा सवार धनगढी शिवनगरका १९ वर्षीय योगेन्द्र प्रसाद भट्ट र धनगढी क्याम्पस रोड का ३५ वर्षीय आयुष सिंहलाई शंका लागि चेकजाँच गर्दा लागू औषध बारामद गरिएको प्रहरीको भनाइ छ ।

उनीहरुको साथबाट ६८० मिलिग्राम लागू औषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार