धनगढीको ठेकराज माविमा किताब बिहिन शुक्रवार कार्यक्रम लागु

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको ठेकराज माध्यमिक विद्यालमा “किताब बिहिन शुक्रवार” कार्यक्रम लागु भएको छ।

मोबाइल मर्मत र इलेक्ट्रोनिक सम्बन्धी तालिम लिन इच्छुक विद्यार्थीका लागि “किताब बिहिन शुक्रवार” कार्यक्रम लागु भएको हो। विद्यालयका कक्षा ७ देखि १२ सम्मका इच्छुक विद्यार्थीलाई हरेक शुक्रवार मोबाइल, कम्प्युटर मर्मत र इलेक्ट्रोनिक तालिम दिन थालिएको हो।

SHIKHAR COOL TECH

उपमहानगरपालिकाले काठमाडौंको गुरु इन्स्टिच्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीसँग सहकार्य गरेर हरेक शुक्रवार अतिरिक्त सिप सिकाउन थालेको हो। “शिक्षा सिपसँगै रोजगारी, हाम्रो जिम्मेवारी” भन्ने अभियान अन्तर्गत गुरू ईन्स्टिच्युटले धनगढीसँग सहकार्य गरेर विद्यार्थीहरूलाई मोबाइल, ल्यापटप, डेस्कटप मर्मत र इलेक्ट्रोनिक तालिम दिन थालेको गुरु ईन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड इन्जिनियरिङका कार्यक्रम संयोजक इन्जिनियर रोशन श्रेष्ठले बताए।

उनले विद्यार्थी विदेशिने क्रम रहेकाले विद्यार्थीहरूले सिप सिकेर स्वदेशमै रोजगारी गर्न र स्वरोजगार बन्न सकुन् भनेर कार्यक्रम लागु गरिएको बताए। “हामीले हरेक शुक्रवार विद्यार्थीहरूलाई मोबाइल र कम्प्युटर मर्मत तथा इलेक्ट्रोनिक उपकरण मर्मत सम्बन्धी सिप सिकाउँछौँ,” उनले भने, “जसले गर्दा उनीहरूले घरमा बिग्रेको समान मर्मत गर्न सक्नेछन् भने मोबाइल, कम्प्युटर पङ्खा र हाउस वायरिङ गरेर पढ्दापढ्दै आय-आर्जनसमेत गर्न सक्ने हुनेछन्।

उपमहानगरसँग सहकार्य गरेर ठेकराज माध्यमिक विद्यालयमा यो वर्ष भरी इच्छुक विद्यार्थीहरूलाई हामीले हरेक शुक्रवार विद्यालयमै गएर सिप सिकाउने छौँ।” धनगढीका अन्य विद्यालयमा पनि कार्यक्रम विस्तार हुने धनगढी उपमहानगरपालिकाले गुरु ईन्स्टिच्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीसँग यो वर्ष सम्झौता गरेर ठेकराज माध्यमिक विद्यालयमा कार्यक्रम लागु गरेको हो।

तालिम सफल र प्रभावकारी देखिए अर्को वर्षदेखि धनगढीका अन्य सामुदायिक विद्यालयमा समेत कार्यक्रम लागु हुने भएको छ। यो वर्ष ठेकराज माध्यमिक विद्यालयका कक्षा ७ देखि १२ सम्मका ३० जना विद्यार्थीलाई तालिम दिन थालिएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख घुम्मनसिंह बडायकले बताए। उनले हरेक शुक्रवार ४ घण्टाका दरले एक वर्षसम्म विद्यार्थीहरूलाई तालिम दिइने बताए।

ठेजराज माविमा कार्यक्रम सफल भए धनगढीका अन्य सामुदायिक विद्यालयमा समेत औपचारिक शिक्षासँगै सिप प्रदान गरेर विद्यालयबाट सिपयुक्त जनशक्ति निर्माण गर्ने योजना उपमहानगरको रहेको महाशाखा प्रमुख बडायकले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार