धनगढीका थप २ जनामा हैजा पुष्टि

धनगढी : कैलालीको धनगढीका थप २ जनामा हैजा पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार थप हैजा पुष्टि भएकामा दुई बालक रहेका छन् । उनीहरू दुवैको घरमै उपचार भइरहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलका ६ र ८ वर्षका दुई बालकमा हैजा पुष्टि भएको हो । थप ४ जनाको रिपोर्ट आउन बाँकी रहेको पनि उनले बताए । आइतबार पनि त्यस टोलमा परीक्षणका लागि दिसा संकलन भइरहेको प्रमुख श्रेष्ठले जानकारी दिए ।

Dengue

स्वास्थ्य कार्यालयका अनुसार यसअघि पनि पशुपति टोलका २३ र २६ वर्षीय २ युवकमा हैजा पुष्टि भएको थियो । स्वास्थ्य कार्यालयले यसका बारेमा माथिल्ला निकायमा जानकारी गराइसकेको बताउँदै सतर्कता अपनाउनु पर्ने अवस्था रहेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार