अछाममा लागूऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ

अछाम : सदरमुकाम मंगलसेन बजारमै लागूऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । कैलाली जिल्लाको कैलारी घर भइ मंगलसेन नगरपालिका ५ बसोवास गर्ने ३० वर्षीय प्रकाश बोहरा र उनकी श्रीमती २९ वर्षीय कल्पना भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । 

शंकास्पद रूपमा हिडडुल गरिरहेको अवस्थामा खानतलासी गर्दा ३८० मिलिग्राम खैरो हिरोइनसहित दुवै जनालाई पक्राउ गरिएको अछाम प्रहरी प्रमुख इश्वरीप्रसाद भण्डारीले जानकारी दिए । 

Dengue

विशेष सूचनाको आधारमा पक्राउ गरेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । अछामका मंगलसेन, साँफेबगर, कमलबजार लगायतका बजार क्षेत्रमा लागुऔषधको कारोवार र प्रयोग भइरहेको भनाइ आइरहेका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार