भारतको कश्मीरमा बन्धक बनाइएका २८ मजदूरको उद्धार

इजेन्सी : रोजगारीको प्रलोभनमा पारेर भारतको कश्मीरमा बन्धक बनाइएका २८ मजदूरको उद्धार गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पहलमा उनीहरूको उद्धार गरेर शुक्रबार नेपाल ल्याइएको हो। यसमा किन इन्डियाले सघाएको थियो।

पाँच महीनादेखि बन्धक बनाइएका सिरहाका २१ जना र धनुषाका सात छन्। उनीहरूलाई रक्सौल नाँका हुँदै धनुषामा ल्याइएको छ। उद्धारमा सघाएको किन इन्डियाका कार्यकारी निर्देशक नविनराज जोशीले तराई-मधेशका विभिन्न जिल्लाबाट मजदूरलाई रोजागरी दिने प्रलोभनमा भारत लगेर बन्धक बनाएको पाइएको बताए। बिहारबाट आएका केही मान्छेले उनीहरूलाई पञ्जाब हुँदै काश्मीर पुर्‍याएको थियो।

dashain shuvakamana
Discovery School

काश्मीर पुगेपछि भने मोबाईल, नागरिकता, विभिन्न परिचपत्र खोसेर राखेको जोशीले बताए। यसरी बन्धक बनाइएका मजदूरलाई विभिन्न काममा लगाए पनि ज्याला दिने गरिएको थिएन। यअसघि पनि मधेश प्रदेशकै ३५ जनालाई उद्धार गरेर ल्याएको बताए।

खेलकूद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले मधेश प्रदेशमा रोजगारीको कारणले यस खालको समस्या देखिएको बताए। तीनै तहका सरकारले रोजगारी सिर्जना गर्नुमा लाग्नुपर्ने उनको भनाइ थियो।

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले तराई-मधेशमा गरिबीको विकराल अवस्थाका कारण यस्ता खाले समस्या आएको बताए। उद्धार गरिएका मजदूरलाई शुक्रबार नै परिवारको जिम्मा लगाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार