धनगढी : डडेलधुराको अमरगढी नगरपालिका ६ भालु मारे बस्ने ४६ वर्षीय भीमप्रसाद भट्टराई पक्राउ परेका छन्।
अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय डडेलधुराबाट ११ दिन कैद र ५००० जरिवाना तोकिएका फरार उनी हिजो राति पक्राउ परेका हुन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको टोलीले अमरगढी ७ पोखरा बजारमा पक्राउ गरेको र सो सम्बन्धमा थप कारबाही भइरहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्