किसानले व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी लिन थाले

धनगढी : कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी लिन थालेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–६ शान्तिटोलका शेरुराम चौधरीले लामो समयदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। उनले तरकारी खेतीबाट वार्षिक ६ लाख बचत गर्ने गरेको बताएका छन्। “विगत २६ वर्षदेखि परम्परागत रुपमा तरकारी खेती गर्दै आएका चौधरीले पछिल्ला केही वर्षयता व्यवसायलाई व्यवस्थित र विस्तार गर्दै लगेको बताए।

SHIKHAR COOL TECH

उनले भने अहिले १५ कठ्ठा जग्गामा तरकारी खेती विस्तार गरिएकोमा वर्षभरिमा सबै खर्च कटाएर ६ लाखसम्म बचत हुने गरेको जानकारी दिए।“यस वर्षको वर्खा याम सुरु भएदेखि हालसम्म एक लाख ५० हजारको तरकारी बिक्री गरिसकेको चौधरीले बताए। उनले भने अहिले दैनिक ५० देखि ६० किलो तरकारी बिक्री हुन्छ। भिन्डी प्रतिकिलो एक सय, बोडी दुई सय, करेला एक सयमा बिक्री हुने गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार