बिजुली उपभाेग गरेर वर्षाैंसम्म महसुल नबुझाएपछि…

बैतडी : बिजुली उपभाेग गरेर वर्षाैंसम्म महसुल नबुझाउने ९३ वटा सरकारी कार्यालय र ५९९ ग्राहक गरी ६९२ ग्राहकको लाइन काटेपछि ६० लाख रुपियाँ महसुल उठेको छ । ४९९ ग्राहकबाट यतिको रकम उठेको विद्युत् वितरण केन्द्र बैतडीले जानकारी दिएकाे हो।

आर्थिक वर्ष २०८०/८१ मा लाइन काटिएका ९३ मध्ये ७६ सरकारी कार्यालय र ५९९ मध्ये ४२३ जना अन्य ग्राहकले ५६ लाख ३४ हजार ५८४ रुपियाँ महसुल बुझाएका हुन् । ग्राहकले महसुल बुझाएर पुनः लाइन जोड्न चार लाख २२ हजार ९०३ रुपियाँ थप शुल्क बुझाएका छन् । 

Dengue

नियम अनुसार तिर्नुपर्ने महसुल बर्सौंसम्म नबुझाएका ग्राहकको पहिलो पटक लाइन काटिएको विद्युत् वितरण केन्द्रले जनाएको छ । लाइन काटेपछि एक वर्षमै ६० लाख रुपियाँभन्दा बढी महसुल उठेको कार्यालय प्रमुख जनार्दन पौडेलले बताए ।

९३ सरकारी कार्यालयको लाइन काटिएकोमा ७६ वटा कार्यालयले शुल्क बुझाएका छनभने त्यसै गरी लाइन काटिएका ५९९ अन्य ग्राहकमध्ये ४२३ जनाले शुल्क बुझाएर लाइन जडान गरेका छन् । १७६ जना ग्राहक भने सम्पर्कमा नआएका उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार