जग्गाको स्वामित्व पाउनासाथ बसपार्क निर्माण प्रक्रिया अगाडि बढ्छ : अध्यक्ष राजबहादुर ऐर

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा निर्माण गर्ने भनिएको आधुनिक बसपार्क जग्गाको स्वामित्व पाउनासाथ निर्माण हुने भएको छ।

वडा अध्यक्ष ऐरका अनुसार बसपार्क निर्माण गर्न जमिनको स्वामित्व प्रधानका लागि सुदूरपश्चिम प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा फाइल पेश भएको छ। प्रदेश सरकारले फाइल संघीय सरकारमा पठाएपछि मन्त्रिपरिषदबाट जग्गा सम्बन्धी निर्णय हुनु पर्नेछ।

Dengue

जग्गाको स्वामित्व प्राप्त भए आगामी माघ फागुनमा बसपार्क निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउने तयारी उपमहानगरले गरेको वडा अध्यक्ष ऐरले जानकारी दिए। धनगढी उपमहानगरपालिकाले तयार गरेको डिपिआर अनुसार बसपार्क निर्माणका लागि ६५ करोड र ८५ करोड लागत लाग्न सक्ने गरी दुई मोडेल तयार गरिएको छ।

बसपार्कसम्म जान र निकासीका लागि प्रस्तावित बसपार्क निर्माण गर्ने स्थानसँगै जोडिएको चक्रपथको स्तर उन्नति गर्ने प्रस्ताव पनि गरिएको छ । चक्रपथ नभए छ लेन सडकसँग जोडिएका शाखा सडकलाई चौडा बनाएर पनि आवत जावतलाई सहज बनाउन सकिने विकल्प रहेको वडा अध्यक्षले बताए।

सो स्थानमा बसपार्क निर्माण भए स्थानीय स्तरमा रोजगारी सिर्जना हुने र युवा शक्तिले आफ्नै ठाउँमा काम पाउने अपेक्षा गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार