कृषि ज्ञानकेन्द्र बझाङले गर्यो उत्कृष्ट १० जना कृषकलाई सम्मान

बझाङ : कृषि ज्ञान केन्द्र बझाङले जिल्लाका उत्कृष्ट दश जना कृषकलाई सम्मान गरेको छ । कृषि ज्ञानकेन्द्रकोे आ.व २०८० ८१ को वार्षिक स्वीकृत कृषक सम्मान कार्यक्रम बाली बस्तु विशेष अन्तर्गत कृषि क्षेत्रमा योगदान गरेका किसानलाई मूल्याङ्कनका आधारमा छनोट गरी सम्मानित गरिएको हो ।

सम्मानित हुनेमा तरकारी खेती गर्नु हुने जयपृथ्बी नगरपालिका ७ सुबेडाकि जयलक्ष्मी जोशी, छबिसपाथीभेरा गाउँपालिका ३ का हर्क बहादुर सिह, छबिसपाथीभेरा गाउँपालिका १ का महेश धामी,जयपृथ्बी नगरपालिका ४ का पुणर् प्रशाद उपाध्याय, फलफूल नर्सरी तर्फ जयपृथ्बी नगरपालिका १० का रामसिह राना, फलफुल तल्कोट गाउँपालिका ६ का गोपिलाल बिष्ट,सुर्मा २ का जय बहादुर बोहरा, दुर्गाथली गाउँपालिका ३ का धने रोकाया, रहेका छन् भने फलफूल तरकारी गदै आउनु भएका बुङगल नगरपालिका ८ का ग्रिस बोहरा, मौरी पालन तर्फ केदारस्यु गाउँपालिका ४ का धन बहादुर अधिकारी रहनुभएको छ ।

Dengue

कृषकलाई जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण बिष्ट, प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेल, उद्योग वाणिज्य संघका अध्यक्ष दान बहादुर सुर्मेली र कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेक बहादुर बिष्टले संयुक्त रूपमा दोसल्ला ओढाइ नगद १०–१० हजार रुपियाँ र सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार