धनगढी : धनगढीमा मोटरसाइकलले साइकललालाई ठक्कर दिँदा एक वृद्ध घाइते भएका छन् । आइतबार साँझ धनगढी उपमहानगरपालिका–३ बडारामा मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ६० वर्षीय दिनेश शर्मा घाइते भएका हुन् ।
शर्माको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक फरार भएपनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्