धनगढी : सुदूरपश्चिममा वर्षाका कारण तीन दिनसम्म बाढीको जोखिम रहेको छ । वर्षाका कारण महाकाली, कर्णाली र ससाना नदीहरुमामा पानीको सतह बढ्ने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका जनाएको छ ।
महाशाखाका अनुसार महाकाली र कर्णाली नदी र सहायक नदीहरूमा अझै तीन दिनसम्म पानीको सतह बढ्ने सम्भावना छ ।बाढीको जोखिम भएकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्