धनगढी : कैलालीमा अटोले ठक्कर दिँदा एक महिला घाइते भएकी छन् । बर्दगोरिया गाउँपालिका–५ रामपुरमा अटोले साइकलमा सवार ५५ वर्षीया सुनारमतिदेवी कठरीयालाई ठक्कर दिँदा घाइते भएकी हुन् ।
प्रहरीका अनुसार दिलबहादुर विकले चलाएको बौनियाबाट रामपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ह ५८९४ नम्बरको अटोले विपरीत दिशाबाट साइकलमा आइरहेकी कठरीयालाई ठक्कर दिएको थियो । घाइते कठरीको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्