असिग्राम मावि रुवाखोलाका विद्यार्थी शिक्षक खोज्दै आन्दोलनमा उत्रिए

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ रुवाखोलास्थित असिग्राम माध्यमिक विद्यालयका शिक्षक–विद्यार्थी आन्दोलनमा उत्रिएका छन्। आइतबार जिल्ला सदरमुकाम क्षेत्रमा असिग्रामका शिक्षक, विद्यार्थी तथा अभिभावक आन्दोलनमा उत्रिएका हुन्।

उनीहरू असिग्राम मावि रुवाखोलामा कार्यरत नेपाली विषयका स्थायी शिक्षक लालबहादुर साउँदको रिक्त दरबन्दी नरहेको महेन्द्र मावि खलंगामा सरुवा गरिएपछि पठनपाठनबाट बञ्चित भएको भन्दै शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुरामा धर्ना दिएका हुन्।

Dengue

आन्दोलनकारीले अवैधानिक सरुवा बदर गर, हाम्रो पढाइ सुचारु गर, हाम्रो दरबन्दी कायम गरलगायतका नारा लगाउँदै प्ले कार्ड बोकेका थिए।

कार्यालयमा धर्ना बसेका अभिभावकसहित विद्यार्थीहरूले कार्यालय प्रमुख नारदप्रसाद जोशीलाई नेपाली विषयका किताब र प्रधानाध्यापक गणेश पन्तले विद्यार्थीको भविष्यमाथि खेलबाड गरिएको भन्दै राजीनामा पत्र बुझाएका छन्।

उनीहरूले सरुवा गरिएका शिक्षकलाई फिर्ता गरिदिन वा सरुवा भएको हो भने रिक्त दरबन्दीमा शिक्षक राख्ने व्यवस्था मिलाइ दिन इकाई प्रमुख जोशीलाई आग्रह गरे। विद्यार्थीको पठनपाठन प्रभावित पार्ने नियतले गरिएको अवैधानिक सरुवा निर्णय तत्काल बदर गर्नुपर्नै स्थानीयको माग छ।

इकाई प्रमुख जोशीले शिक्षक सरुवाको विषयमा आफूबाट कमजोरी भएको र तत्काल निर्णय सच्याई निर्देशन दिनका लागि शिक्षा विभागमा पत्रचार गरेको जानकारी दिए। विभागको कार्यालयमा पत्र पठाएको बताउँदै उनले केही समय धैर्य गरिदिन सबैमा आग्रह गरे।

राजनीति पावरमा सरुवा गरिएका शिक्षक साउँदलाई विद्यालयले रमाना पत्र दिएको छैन। यता जिल्ला सदरमुकामको महेन्द्र माविले रमाना नलिएको भन्दै उनलाई हाजिर लगाउन दिएको छैन।

शिक्षक साउँद नेपाली कांग्रेसकी नेतृ तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काका श्रीमान् हुन्। खड्काले राजनीतिक पहुँचको आधारमा शिक्षक सरुवा निर्देशिकाविपरीत पतिको सरुवा गराएको असिग्राम माविका अभिभावकहरूको आरोप छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार