धनगढी : नेपाली कांग्रेस कैलालीले ४२ औँ बिपी स्मृती दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम गरेको छ । कैलाली क्षेत्र नम्बर ५ प्रदेश ‘क’ कार्यसमितिले धनगढी ७ बेलीमा रहेको हनुमान मन्दिरमा सरसफाइ सँगै बृक्षारोपण गरेको हो ।
समितिले ४२ ओटा विभिन्न जातका बिरुवा बृक्षारोपण गरेको कैलाली क्षेत्र नम्बर ५ ‘क’ का सभापति सीताराम रानाले बताए । यस्तै कैलाली क्षेत्र नम्बर ५ ‘ख’ कार्य समितिले पनि सेती प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल बितरण गरेको क्षेत्र नम्बर ५ ख का सभापति केशबराज जोशीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्