कञ्चनपुरको भन्सार कार्यालय गड्डाचौकीले ५९ करोड ६९ लाख रुपैयाँ राजस्व संकलन

कञ्चनपुर : कञ्चनपुर भन्सार कार्यालयको राजस्व २० प्रतिशतले बढेको छ। तीन आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २० प्रतिशतले भन्सार राजस्व बढेको हो।

आर्थिक वर्ष २०८०/८१ मा भन्सार कार्यालय गड्डाचौकीले ५९ करोड ६९ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा ५४ करोड ४१ लाख संकलन भएको छ। यो लक्ष्यभन्दा ९ प्रतिशत कम हो। त्यसैगरी अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ५८ करोड ९६ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरिएकोमा ४२ करोड ९९ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको थियो।

Galaxy

आर्थिक वर्ष २०७८/७९ मा ५२ करोड ७७ लाख लक्ष्य निर्धारण गरिएकोमा ४६ करोड २२ लाख राजस्व संकलन भएको थियो। विगत तीन वर्षको तुलनामा गत आर्थिक वर्षमा मात्रै सबैभन्दा बढी राजस्व संकलन भएको छ। आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो दुई वर्षको तुलनामा २० प्रतिशत राजस्व वृद्धि भएको भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत तेजबहादुर रावलले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार