गोदावरीमा अपराध गरेर फरार भएका ४१ जना पक्राउ

धनगढी : कैलालीको गोदावरीमा अपराध गरेर फरार भएका ४१ जना पक्राउ परेका छन् । विभिन्न अपराधमा संलग्न तर फरार भएका ४१ जनालाई पक्राउ गरेर जिल्ला अदालत कैलालीमा बुझाएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गंगाबहादुर थापाले बताए। अदालतबाट अपराधमा दोषी ठहर तर लुकेर बसेका ४१ जनालाई नियन्त्रणमा लिएको उनले बताएका हुन्। पक्राउ परेका ४१ जनाले १४ वर्ष एक महिना २७ दिन कैद काट्नुपर्ने देखिएको छ।

साथै ती फरार प्रतिवादीबाट ९ लाख ४४ हजार ७ सय २४ रुपैयाँ जरिबाना समेत असुल भएको प्रहरीले बताएको छ। आर्थिक वर्ष २०८०र८१ मा सो संख्यामा विविध अपराधमा संलग्नहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएर अदालतमा पेस गरेको हो। सो आर्थिक वर्षको अन्तिम तीन महिनामा ३० जना फरार दोषीलाई पक्राउ गरिएको छ।

Seti Hospital

३ वर्ष २ महिना तीन दिन कैद र ७ लाख २६ हजार ९६५ जरिबाना समेत असुल भएको इलाका प्रहरी कार्यायल मालाखेतीका डीएसपी थापालले बताए। उनका अनुसार, लागुऔषध, बैंकिङ कसुर, वन पैदावार ओसारपसार, चोरी, बहुविवाह, जबरजस्ती करणी लगायत अपराधमा जिल्ला अदालतबाट दोषी ठहर तर लामो समयदेखि फरार भएकाहरुलाई पक्राउ गरेर अदालतमा पेस गरिएको उनले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार