पहिरोले भान्सा घर भत्किँदा दुई जना घाइते

बैतडी- बैतडीमा पहिरोले भान्सा घर भत्किँदा दुई जना घाइते भएका छन् । शिवनाथ गाउँपालिका–१ स्वालाका हरिसिंह चौक्यालको भान्सा घर भत्किँदा उनका १६ वर्षीय छोरा टेकेन्द्र चौक्याल र २२ वर्षीया छोरी करिश्मा चौक्याल घाइते भएकी हुन् ।

बिहीबार भान्साघरमाथिबाट पहिरो खस्दा घाइते भएका उनीहरु शर्माली स्वास्थ्यचौकीमा उपचारपछि घर फर्किसकेका जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

Dengue

यस्तै, पहिरोले सुर्नया गाउँपालिका–८ ढोलेमा एक घर भत्किएको छ । स्थानीय लक्ष्मी बोहराको दुई तले कच्ची घर बिहीबार साँझ भत्केको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार