बस र टिप्पर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ६जना घाइते

धनगढी : कैलालीमा बस र टिप्पर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ६जना घाइते भएका छन । घोडाघोडी नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा रा १ ख २७३३ नम्बरको टिप्पर ना ७ ख ४३५ नम्बरको बस एक आपसमा ठोक्किदा बसमा सवार ६जना घाइते भएका हुन ।

घाइते हुनेमा बस चालक चन्द्र बोहरा, कैलालीको गौरीगंगा नगरपालिका–९ की ४० वर्षीया अनिता चौधरी, वर्ष पहिचान नभएकी अञ्जली चौधरी, धनगढी उपमहानगरपालिका–१९ की माया चौधरी, सोही ठाउँका ४ वर्षीय विपीन र एक जना भारतिय नागरिक ३२ वर्षीय सुरेश निगम रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

Dengue

घाईते सबै जनाको घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ। इलाका प्रहरी कार्यालय सुख्खडले टिप्पर चालक घोडाघोडी नगरपालिका–५ का २५ वर्षीय लालबहादुर चौधरीलाई नियन्त्रणमा लिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार