गत साता आएको बाढीले बेलडाडीको गणेश माविमा ठुलो क्षति

कञ्चनपुर : गत साता कञ्चनपुरमा आएको बाढीले बेलडाडीको गणेश माविमा ठुलो क्षति पुर्याएको छ । यही असार २३ र २४ गते जिल्लामा परेको अविरल वर्षाले बेलडाडी भएर बग्ने चौधर नदीमा बाढी आउँदा बेलडाडी गाउँपालिका-५ भुर्षास्थित गणेश माविको भौतिक संरचना र विद्यालयका अत्यावश्यक शैक्षिक कागजात लगायत शैक्षिक सामाग्रीमा ठुलो क्षति पुगेको छ ।

महाकाली सिँचाइको शिवनगर मेन नहर भत्काएर नदीको पानी विद्यालयमा पस्दा नोक्सानी भएको हो । बाढीले विद्यालयमा पर्खाल भत्काएर मैदानमा २ फिट भन्दा बढी बालुवा भरिएको छ । बाढीले विद्यालयभित्र फर्निचर, बोटबिरुवा, पुस्तकालय, ३ वटा ल्यापटप, ३ डेस्क टप, २ प्रिन्टर, साउन्ड बक्स, विज्ञान प्रयोगशालामा करिब १ करोडभन्दा बढीको क्षति भएको विद्यालयका प्रधानाध्यापक जनकबहादुर थापाले बताए ।

Dengue

‘बाढीले विद्यालयमा ठुलो क्षति गरेको छ, विद्यालयका केही महत्वपूर्ण कागत बाढीले बगायो’, प्रअ थापाले भने, ‘अफिसभित्र करिब ५/६ फिट भरिएको पानीले विद्यालयका महत्वपूर्ण कागजात बगाए, दराजमा भएका बचे ।’ अहिले विद्यालयमा बर्खे बिदा भए पनि शिक्षकको दैनिकी विद्यालय सरसफाइ र भिजेका कागजात सुकाउनमै व्यस्त रहेको प्रअ थापाले बताए ।

डेस्कटप, ल्यापटप बगाउँदा विद्यालयको दैनिक कामकाजमा समस्या आएको छ । विद्यालयले स्थानीय र प्रदेश सरकारलाई क्षतिपूर्तिको लागि माग गरेको छ । बर्खे बिदा सकिँदा विद्यालायमा सरसामान नहुँदा पठनपाठनमा समस्या आउने निश्चित छ ।

२०१७ सालमा भुर्षा र मोहनापुरको सिमानामा स्थापना भएको विद्यालय २०४५ सालमा महाकाली सिचाइ आयोजनाको शिवागर मेन नहर बन्दा भुर्षामा सारिएको थियो । चौधर नदी नजिकै रहेको विद्यालयलाई नहरले बाँधको काम गर्दै बाढीबाट बचाउँदै आएको थियो । यस वर्ष नहर भत्किदा विद्यालयले ठुलो क्षति व्यहर्नुपरेको प्रधानाध्यापक थापा बताउँछन् ।

अझै पनि भत्केको नहर मर्मत नहुँदा विद्यालय बाढीको जोखिममै छ । सिँचाइ कार्यालयले बजेट अभावको समस्या देखाउँदै नहर मर्मत गरेको छैन । तत्कालका लागि भत्केको ठाउँबाट पानी पस्न नदिन अस्थायी चेक ड्याम बनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार