कैलालीमा २ बालक अलपत्र अवस्थामा भेटिए !

धनगढी : कैलालीको गोदावरी र लम्कीचुहा नगरपालिकामा २ बालक अलपत्र अवस्थामा भेटिएका छन् ।

बिहीबार लम्कीबाट बौनिया घर बताउने ५/६ वर्षको जस्तो देखिने एक बालक अलपत्र फेला परेका छन् । उनले आफ्नो नाम अनमोल परियार, बुवाको नाम मीन बहादुर परियार र आमाको नाम गौरी परियार बताएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

Dengue

प्रहरीले चिन्ने व्यक्तिलाई कार्यालयको नम्बर ०९१–५४०१९९ वा ९८५८४९०३०३ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरेको छ ।

यस्तै बुधवार राती बझाङको दैलेख बिथरचिर गाउँपालिका – ६ घर बताउने १३ वर्षीय कपिल बिक अत्तरियामा अलपत्र अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालयले अलपत्र अवस्थामा भेटेका विकलाई अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा बुझाएको छ ।

सेभ हाउसले चिन्ने व्यक्तिलाई सम्पर्क गरिदिन आग्रह गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार