कञ्चनपुरको भीमदत्तमा खोलानालाको अतिक्रमण हटाइने

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले नगर क्षेत्रमा रहेका खोला नालाको अतिक्रमण हटाउने तयारीमा लाग्न वडाध्यक्ष, कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

गत साताको ‘रेकर्ड ब्रेक’ अविरल वर्षाका कारण आएको बाढीले भीमदत्त नगरपालिकाका १९ वटै वडामा ठुलो धनको क्षति भएको र सयौँ परिवार विस्थापित भएका थिए । बाढीका कारण वडामा भएको क्षतिको विवरण संकलन, विस्थापित परिवारको पुनःस्थापन, राहत वितरण, पुनःनिर्माण लगायतका कार्यबारे जानकारी लिन तथा आगामी योजना सम्बन्धी बुधबार नगरपालिकामा भएको छलफलमा नगरप्रमुख बोगटीले खोला नालाको अतिक्रमण हटाउन तयारी गर्न निर्देशन दिएका नगरप्रवक्ता पदमराज अवस्थीले बताए ।

Dengue

‘उहाँले वडाध्यक्ष कर्मचारीहरुसँग गत साता आएको बाढीका कारण भएको क्षतिको विवरण संकलन, विस्थापित परिवारको पुनःस्थापन, राहत वितरण, पुनः निर्माण लगायतका कार्यबारे जानकारी लिनुभएको छ र आगामी योजना तथा राहत वितरण सम्बन्धी समेत छलफल भएको छ’, उनले भने, ‘छलफलमा खोलानालाको अतिक्रमण कारण समेत बाढी, डुबान भएर बढी क्षति भएको कुरा आएपछि उहाँले त्यस्ता अतिक्रमण समेत हटाउने तयारी गर्न वडाध्यक्ष, कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।’

उनले अगाडी भने, ‘तत्काल यो वर्षातको समयमा खोला नाला सफा गर्दा (अतिक्रमण हटाउँदा) थप कटानको समस्या हुनसक्ने भएकोले यो वर्षायाम लगत्तै खोला नालाको अतिक्रमण हटाउने गरी तयारी गर्ने बैठकमा छलफल भएको छ ।’

वडा कार्यालयहरुले आफ्नो स्रोत साधनको उच्चतम प्रयोग गरेर भत्किएका सडक कल्भर्टको अस्थायी रुपमा निर्माण, कटानका कारण जोखिममा रहेका घरहरु नजिक ग्राभेल, माटोले भरिएका कट्टा राख्ने कार्य, विभिन्न संघ संस्थाको सहयोगमा राहत वितरण, कुनै ठाउँ जाली भर्ने काम, क्षतिको विवरण संकलन गर्ने लगायतका कार्य गरिरहेको र समस्याको दीर्घकालीन समाधानका लागि प्रदेश सरकार, संघ सरकारसङ्ग समेत माग गर्ने नगरप्रमुख बोगटीले बताए ।

यस्तै, नगरपालिका र प्रत्येक वडाहरुले अन्य योजना कार्यक्रम हटाएर भएपनि यो आर्थिक वर्ष विपद्मा बजेटको व्यवस्था गर्ने विषयमा समेत छलफल भएको नगरप्रवक्ता अवस्थीले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार