कञ्चनपुरमा भारतीय नम्बरका मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

धनगढी : कञ्चनपुरमा भारतीय नम्बर प्लेटका २ मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। भीमदत्त नगरपालिका र दोधराचाँदनीमा भएका छुट्टाछुटै मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको हो ।

भीमदत्त नगरपालिका–४ अन्तरगत पुर्वपश्चिम राजमार्गमा ०३ ए ९०३४ नम्बरको मोटरसाईकल छाडा गाई सँग ठोक्किदा चालक भारतको चम्फावत मिना बजार बनबासाका ३० वर्षीय चाँद पुरैसीको मृत्यु भएके हो ।

Dengue

मंगलबार राती छाडा गाई सँग मोटरसाइकल ठोक्किदा गम्भिर घाईते भएका पुरैसीलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

यस्तै गयराती नै दोधारा चाँदनी नगरपालिका–४ चाँदनीमा युके ०६ बिएच ४८७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा नामथर नखुलेका एक जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा घाइते भएकोमा अर्का पुरुषको महाकाली प्रादेशीक अस्पताल महेन्द्रनगरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार