अछाममा भिरबाट ढुंगा खसेर एक महिलाको मृत्यु

अछाम : अछाममा हिँडिरहेका बेला भिरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । मंगलसेन नगरपालिका-३ की ३६ वर्षीया बसन्ती बोगटीको भिरबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो ।

आज दिउँसो मंगलसेन-३ गाध्यभीर स्थित मंगलसेन-सुवाखांद बस्ति सडक खण्डमा जंगलबाट बाख्रा चराई घरतर्फ ल्याउने क्रममा सडक माथिको भिरबाट खसेको ढुंगा टाउकोमा लागि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

Dengue

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी टोली खटिई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार