कञ्चनपुरको लालझाडीमा आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा

धनगढी : कञ्चनपुरको लालझाडीमा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको छ ।

लालझाडी गाउँपालिका विभिन्न प्रकोपहरूको जोखिममा रहेको र विशेष गरी बाढीको जोखिममा रहेकाले उक्त प्रकोप न्यूनीकरण गर्नका लागि सूचनामा समुदायको पहुँच पुर्‍याई समुदायको विपद् जोखिम न्यूनीकरण गर्न आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको बताइएको छ ।

Dengue

गाउँपालिकाको समन्वयमा निड्स नेपाल र मर्सिकोर नेपालसँगको साझेदारीमा सञ्चालित एमरेड परियोजनाले स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको हो । आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालन गर्न एमरेड कार्यक्रमले कम्प्युटर प्रिन्टर सहितका करिब १ लाख ४२ हजार मूल्य बराबरका सामग्रीहरू हस्तान्तरण गरिएको परियोजनाका कार्यक्रम संयोजक नवीन चन्द्र भट्टले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार