बाजुरामा एक वर्षमा ४३ हजार बढी फलफूलका बिरुवा रोपिए

बाजुरा : बाजुरामा एक वर्षमा ४३ हजार बढी फलफूलका बिरुवा रोपिएका छन् । कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यलय प्रमुख भुमिराज उपाध्यायका अनुसार आर्थिक वर्ष २०८०/८१ मा विभिन्न जातका ४३ हजार ३ सय फलफूलका बिरुवा रोपिएका हुन् ।

कृषि ज्ञान केन्द्र बाजुरामार्फत सुदूरपश्चिम प्रदेश र स्थानीय कृषि विकास शाखाको सहयोग, समन्वय र सहकार्यमा जिल्लाभर सो संख्यामा फलफूलका बिरुवा रोपिएका बताइएको छ । कृषि ज्ञान केन्द्र बाजुरा, बाजुराका ९ वटै पालिकाले फलफूल र कृषिमार्फत जिल्लालाई समृद्ध बनाई आत्मनिर्भर बनाउने उद्देश्यले फलफूलका बिरुवा रोपिएको बडीमालिका नगरपालिकाका कृषि विकास शाखा प्रमख प्रेमबहादुर महतले बताए ।

Dengue

यस वर्ष जिल्लामा १५ वटा समूह बनाई बिरुवा रोपिएका बताइएको छ । जसमा १६ हजार ९ सय ५० सुन्तला, १ हजार ५ सय मेलका बोटमा नास्पती कलमी, २१ हजार ५० कागती, पाँच सय जुनार, ५० अमिलो, २ हजार पाँच सय आँप, पाँच सय लिची, एक सय एभोकाडो गरी २ सय अन्ठाउन्न हेक्टर जमिनमा ४३ हजार तीन सय फलफूलका बिरुवा रोपिएको कृषि ज्ञान केन्द्र बाजुराको तथ्यांक छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार