कैलारी गाउँपालिकाले कमैया मुक्ती दिवसको अवसरमा सावन २ गते सार्वजनिक विदा

धनगढी : कैलारी गाउँपालिकाले २४ओैं कमैया मुक्ती दिवसको अवसरमा सावन २ गते सार्वजनिक विदा दिएको छ ।  

गाउँपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै सावन २ गते सार्वजनिक विदा दिएको हो ।

Dengue

 उक्त दिन गाउँपालिकाभित्रका सबै सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय तथा बैंकहरुमा विदा रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीबाट  हस्ताक्षरित सूचनामार्फत जानकारी गराइएको छ ।  

मुक्त कमैयाहरुलाई सरकारले २०५७ साल सावन २ गते मुक्ती घोषणा गरेको थियो । गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले २४औं मुक्ती दिवसका अवसरमा सबै मुक्तकमैया दाजुभाईहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार