बझाङ : बझाङमा ७ वर्षीया दुई बालिकाहरु बलात्कार गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ परेका छन् । प्रहरीका अनुसार सोमबार जयपृथ्वी नगरपालिका–१० मा बालिकाहरुमाथि बलात्कार गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ परेको प्रहरीले जनाएको छ ।
बालिकाहरुका आफन्तले जबरजस्ती करणीको जाहेरी दिएपछि कन्चनपुरको भीमदत्त नगरपालिका–७ का ५१ वर्षीया धनबहादुर रोकायालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब निरीक्षक भरत शाहले बताए ।
रोकायामाथि अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्