अछाम : अछाममा बालिकालाई जबरजस्ती गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको कमलबजार नगरपालिका – ५ का ३६ वर्षिय प्रेम बि.क लाई बालिकालाई जबरजस्ती गर्न खोजेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनले असार २८ गते दिउँसो मदिरा सेवन गरी एक १३ वर्षिया बालिकालाई जबरजस्ती गर्न खोजीरहेको अवस्थामा पक्राउ गरिएको बताईएको छ । पक्राउ परेका बिकले बालिकाको कोठा भित्र गई भित्रबाट ढोकाको चुक्कुल लगाई बालिकालाई जबरजस्ती गर्न खोजेको अवस्थामा बालिका चिच्याउदा स्थानियले जानकारी पाएपछि प्रहरीलाई खबर गरेका थिए ।
त्यसपश्चात जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक जय पार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले उनलाई प्रकाउ गरेको थियो । पक्राउ परेका बिकलाई हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्