साबुनले मुख धुँदा हुने नोक्सानी

एजेन्सी : शरीरका अन्य भागको तुलनामा अनुहारको छाला एकदमै संवेदनशील हुन्छ । त्यसैले पनि शरीर र अनुहारको छालाका लागि फरक-फरक सामग्री प्रयोग गर्ने गर्छौं ।

त्यसैले अनुहारमा साबुनको प्रयोग गर्नुहुँदैन । अनुहार साबुनले धुँदा हुने नोक्सानी जान्नुहोस्–

Dengue

साबुनले अनुहार धुँदा तपाईंको छाला एकदमै सुख्खा हुन्छ । यसमा हुने केमिकलले छालालाई नोक्सान पुर्‍याउँछ ।

साबुनमा हुने सर्फेक्टेन्टले छालामा लालिमा आउने कारण बन्न सक्छ । यसले छाला पोल्ने तथा चिलाउने समस्या पनि हुन्छ ।

साबुनको प्रयोगले अनुहारको छालाको प्राकृतिक चिल्लोपन हराउँछ । जसले गर्दा छाला एकदमै रुखो र पत्र निस्कने समस्या आउँछ ।

साबुनले अनुहार धुँदा छालाको पिएच लेवल पनि बिग्रन्छ । जसले गर्दा कुनै पनि प्रकारको साबुन अनुहार धुनका लागि प्रयोग गर्नु हुँदैन ।

साबुनमा फ्याटी एसिड हुन्छ । यसले अनुहार धुँदा सफा देखिने वा छुँदा सफा अनुभूति हुने हुन्छ तर, भित्रैदेखि छाला सफा हुँदैन । जसले गर्दा फोहोर छालामै जमेर छाला बिग्रन्छ ।

साबुनले अनुहार धुँदा तपाईंको अनुहार रुखो, मरेतुल्य र डल देखिन्छ । यसले गर्दा बढ्दै गरेको उमेरको लक्षण पनि छिटो देखिन थाल्छ । साथमा छालामा छिटो चाउरीपना आउन थाल्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार