कञ्चनपुरमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

धनगढी : कञ्चनपुरको कृष्णपुरमा बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका – ७ कार्की कटानमा पैदल यात्रा गरिरहेका स्थानीय ५४ वर्षीय मोहन खड्कालाई बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

ना ५ ख ३४९१ नम्बरको उक्त बस चालक कृष्णपुर नगरपालिका – ७ कै २८ वर्षीय सुरेन्द्र बोहराले अत्तरियाबाट घरतर्फ लग्दै गर्दा शनिवार राती १० बजे दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार