निःशुल्क शव वाहनले शव बोकेवाफत लियो २ हजार शुल्क

धनगढी : निःशुल्क भनिएको कैलालीको गोदावरी नगरपालिकाको शव वाहनले शव बोकेबापत मृतकको परिवारबाट २ हजार रुपैयाँ लिएको भेटिएको छ । बुधवार बस दुर्घटनामा निधन भएका नगरपालिकाकै वडा नं. ६ का नन्दराम चौधरीको शव बोकेबापत नगरपालिकाको शव वाहनले परिवारबाट २ हजार रुपैयाँ लिएको भेटिएको हो ।

निःशुल्क शव वाहन भनिए पनि बहाना बनाएर पीडित परिवारबाट २ हजार रुपैयाँ लिइएको स्थानीय राजेश पाठकले बताए । उनले तेल छैन भन्दै पीडित परिवारका व्यक्तिलाई रु. १ हजार ५ सयको तेल हाल्न लगाएको र आर्यघाट पु¥याईसकेपश्चात पुनः ५ सय रुपैयाँ ड्राइभरले लिएको बताए ।

SHIKHAR COOL TECH

‘निःशुल्क शव वाहन भनेर भन्छन्, तर पैसा असुल गर्छन्’ उनले भने ‘यसरी पीडित परिवारलाई अझ मार पार्ने किसिमको कार्य गरिनु उचित हैन ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा समेत निःशुल्क शव वाहन भन्दै २ हजार रुपैयाँ लिइनु उचित नभएको भन्दै यस्तो किसिमको भेदभाव सहन नसकिने बताएका छन् । ‘सोखको घडीमा परिवार प्रति भएको भेदभाव हामीबाट सहन हुँदैन । निःशुल्क सब वाहनको २००० सुल्क गोदावरी नगरपालिका ले लिन मिल्छ कि मिल्दैन ?’ पाठकले फेसबुकमार्फत प्रश्न गरेका छन् ।

चौधरीलाई बुधवार काठमाण्डौबाट आइरहेको बसले ठक्कर दिएपछि उनको निधन भएको थियो । पोष्टमार्टमका लागि बुधवार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको उनको शवको अन्त्येष्टि आज (बिहीबार) गरिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार