मोदीको रुस भ्रमणबारे ह्वाइट हाउसले के भन्यो ?

वाशिङटन डीसी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको रुस भ्रमणले विश्वको राजनीति तरङ्गित भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मोदीको भेटघाटबारे अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले पनि आफ्नो प्रतिक्रिया दिएको छ । रुसलाई युद्ध अन्त्य गर्न आग्रह गर्ने क्षमता भारतसँग भएको ह्वाइट हाउसको भनाइ छ ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारिन जीन पियरेले भनेकी छिन्, ‘भारत र रुसबिच लामो र घनिष्ठ सम्बन्ध छ, यसले बिना कारणको अनि क्रूर युद्ध अन्त्य गर्न रुसलाई आग्रह गर्न सक्ने क्षमता भारतलाई दिएको छ ।’ 

Dengue

भारत अमेरिकाको एउटा रणनीतिक साझेदार भएको अनि उसँग आफूहरू पूर्ण र खुला रूपमा कुरा गर्ने पनि उनले बताएकी छिन् । यसमा भारत–रुस सम्बन्ध पनि रहेको र यसबारे आफूहरूले पहिला नै कुराकानी गरिसकेको पनि उनको भनाइ छ ।

‘महत्त्वपूर्ण कुरा के हो भने, भारतलगायत सबै देशहरूले युक्रेनको मुद्दामा दिगो र न्यायपूर्ण शान्तिको प्रयासलाई समर्थन गर्छन् । राष्ट्रपति पुटिनले युद्ध सुरु गरेका छन्, उनले यसलाई अन्त्य पनि गर्न सक्छन्’ पियरे भन्छिन् । 

मोदी र राष्ट्रपति पुटिनले एक अर्कालाई अंकमाल गरेको तस्बिर सार्वजनिक भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निराशा व्यक्त गरेका थिए । त्यसपछि ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफमा प्रेस सचिव पियरेले यी कुराहरू भनेकी थिइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार