मुकुललाइ महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गर्ने रास्वपाको निर्णय

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुकुल ढकाललाई कारबाही गरेको छ।

मंगलबार सहमतिमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्य मात्र राख्ने गरी अरू पदीय जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।

SHIKHAR COOL TECH

पार्टीका सहप्रवक्ता मनिष झाका अनुसार केन्द्रीय अनुशासन आयोगले गरेको सिफारिसअनुसार ढकाललाई पदमुक्त गर्ने निर्णय भएको हो।

ढकाललाई रास्वपाले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट मुक्त गरेको उनले जानकारी दिए। पार्टीको आचारसंहिता उल्लंघन गरेको र पार्टीलाई क्षतिसमेत पुर्‍याएको भन्दै रास्वपाले ढकाललाई कारबाही गरेको हो।

ढकालले ३९ जिल्लाका नेता तथा कार्यकर्तासँग अन्तर्क्रिया गरी प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएका थिए। उक्त प्रतिवेदन यसअघि बसेको केन्द्रीय कार्यसमिति बैठकमा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले पढेर सुनाएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार