कैलालीमा फरार रहेकी मुस्कानसहित ५ जना पक्राउ

धनगढी : कैलालीमा प्रहरीले ५ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीको फैसलाले कैद सजाय तथा जरिबाना ठहर भई फरार रहेका ५ जनालाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा लागुऔषध मुद्दामा ४ महिना १२ दिन कैद सजाय तोकिएका टीकापुर नगरपालिका-१ बस्ने २६ वर्षका रोशन सुनार, सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय तोकिएका टीकापुर-१ कै ४० वर्षका रोमी साउँद र लागुऔषध मुद्दामा ४ दिन कैद सजाय २ हजार रुपैयाँ जरिबाना तोकिएकी बर्दियाको गुलरिया नगरपालिका-९ बस्ने १९ वर्षकी मुस्कान विक रहेकी छन् ।

Dengue

त्यसैगरी चोरी मुद्दामा १४ हजार १०० रुपैयाँ जरिबाना तोकिएका लम्कीचुहा नगरपालिका-५ बस्ने २१ वर्षका प्रकाश विक र जुवातास मुद्दामा ३ सय रुपैयाँ जरिबाना तोकिएका लम्कीचुहा नगरपालिका-१ बस्ने ४६ वर्षका केशर बोगटी पक्राउ परेका प्रहरीले बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार