पैदल यात्रीलाई ठक्कर दिएर फरार शिक्षा विज्ञ कृष्ण सिंह पेला पक्राउ

धनगढी : आइतबार बेलुका धनगढी अत्तरिया ६ लेन सडकमा पैदल यात्रीलाई ठक्कर दिएर फरार रहेका गाडी चालक र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फरार गाडी चालक धनगढी उपमहानगरपालिका २ बस्ने चालक कृष्ण सिंह पेला र उनले चलाएको सुप ०१–००१च ३५६३ को नम्बरको कारलाई प्रहरीले आज नियन्त्रणमा लिएको हो । 

आइतबार बेलुका ८ बजे एरपोट मोड नजिकै धनगढी उपमहानगरपालिका १३ बस्ने ७० बर्षीया वृद्ध जगतराम रानालाई ठक्कर दिएर गाडी सहित चालक फरार रहेका थिए । वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनले चलाएको गाडीलाई उनकै घरमा लुकाएर राखेको अवस्थामा र चलाक पेलालाई धनगढी उप–महानगरपालिका परिसरबाट नियन्त्रणमा लिएको हो । 

Dengue

चालक पेला धनगढी उप–महानगरपालिकामा शिक्षा विज्ञको रूपमा कार्यरत रहेका छन । घाइते जगतराम रानाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार