काँग्रेस कैलालीको आग्रह-खोज, उद्दार तथा राहतमा जुटौ

धनगढी : नेपाली काँग्रेस कैलालीले विपदको समयमा खोज, उद्दार तथा राहतमा जुट्न पार्टीका सबै तह तथा भातृ एवम शुभेच्छुक संस्थालाई आव्हान गरेको छ । तीन दिनदेखि लगातार परि रहेको अबिरल वर्षाका कारण जिल्लाको जनजिवन प्रभावित भइरहेको भन्दै पार्टीका मानिस सक्रिय भएर लाग्न विज्ञप्ती जारी गर्दै निर्देशन दिएको हो ।

पार्टीका कार्यबाहक अध्यक्ष खेमराज डंगौरा चौधरीद्धारा हष्ताक्षरित विज्ञप्तीमार्फत तीन तहकै सरकारलाई पनि खोज, उद्दार तथा राहत वितरणमा जोड दिन अनुरोध गरिएको छ ।

Dengue

‘नदिमा पानीको वाहव निरन्तर बढदै गएकाले सडक, पुल लगायत किसानहरुको खेती योग्य जमिन कटान हुँदै गएको छ भने पानीको डुवानका कारण पशुचौपाय, बालबालिका र वृद्धबृद्धाहरुको जनजिवन निकै प्रभावित भएको छ’ विज्ञप्तीमा भनिएको छ ‘साथै अझै केही दिन लगातार पानी पर्ने सम्भावना भएकाले कैलाली जिल्लाको मोहना, कान्द्रा, खुटिया, कर्णाली, गौरीगंगा, लिकमा, शिवगंगा, पथरैया र गोदावरी नदि लगायत अन्य नदिहरुको बहाब बढने हुँदा यी नदि तटिय क्षेत्रका आसपासमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्काका साथ बस्न र डुबानबाट हुने क्षति कम गर्न तथा खाद्यन्न लगायत पशुचौपायलाई उच्च स्थनमा सार्न आग्रह गर्द्छु ।’

नागरिकको जिउधनको सुरुक्षा गर्न र बाढीबाट प्रभावित मानिसको उद्धार र राहतमा लाग्न तथा क्षतिको एकिन आँकलन गरि नागरिकलाई क्षतिपूर्ति दिन तिनै तहका सरकारलाई पार्टीले अनुरोध गरेको छ । ‘बाढी र डुवानबाट बिस्थापित स्थानिय नागरिकलाई राहत र सुरक्षित स्थानमा सार्न र मानविय क्षतिलाई कम गर्ने सरकारबाट गरिने सबै प्रयास गर्न आग्रह गर्दछौ’ विज्ञप्तीमा भनिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार